कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतलाई नेपालको आवश्यकता छ

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक सम्पन्न भएको छ  । हाम्रा परराष्ट्र मन्त्रीले नेपालको तर्फबाट अडान लिएर राम्रो छवि बनाउने अवसरको सदुपयोग गरे होलान् भनी विश्वासमा छु  ।

भारतीय विदेशमन्त्री एस जयशंकरको छवि नेपालमा राम्रो छैन । उनले पनि नेपालको मन जित्ने प्रयास गरे होलान् भन्ने सोचेको छु । दुई मन्त्री बीचका कुराकानी र सहमति आउने दिन प्रकाशित हुने नै छन् । विदेश सचिव भएका बेला भारतीय विदेशमन्त्री नेपाल आउँदाको माहोल बदलिसकेको छ ।


भारतमा प्रचण्ड बहुमतले मोदी सरकार र नेपालमा पनि त्यतिकै बलियो सरकार बनेको छ । भारत अहिले कश्मीरको समस्यामा अल्झेर उतैतिर बढी ध्यान दिने स्थितिमा छ । पाकिस्तान बाहेक बाँकी छिमेकीलाई उसले बढी ध्यान दिनेगरी फकाउने काम गर्नेछ । यही मौकामा हामीले उसबाट बढी फाइदा लिन सक्छौं । आजको दिनमा उसलाई नेपालको बढी आवश्यककता छ ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : भाद्र ६, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?