१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

श्रीकृष्ण गोविन्द हरे मुरारे

देवकीको कोखबाट जन्म लिएदेखि नै भगवान श्रीकृष्णको बाललीला ऐनाझैं छर्लङ्ग छ  । काखे बालकको अवस्थादेखि अद्भूत प्रतिभाका धनी बनेका श्रीकृष्णको वर्णन गरेर साध्य छैन  ।

१६ कलामा निपुण भएका कारण जीजिविषा, जिन्दगीको आयाम, उकाली–ओराली, जीवन–मृत्यु, बलिदान, उत्सर्गजस्ता जीवनोपयोगी विषयमा पूर्ण जानकार रहेका थिए । अद्वितीय व्यक्तित्व, आकर्षण, सुन्दरता, दिव्यता, सात्विकता, श्रेष्ठता, दूरदर्शिता, अलौकिकता, बलशाली र विश्व ब्रह्माण्डका ज्ञाता भएका कारण उनको नाम सुन्ने बित्तिकै हिन्दु धर्मावलम्बी गद्गद् हुने गर्छन् ।

मुरली मनोहरको मधुर मुस्कान, शान्त भाव, हर्ष र आनन्दको स्वरुप अनि मुखमण्डलको कान्ति उनको परिचय बनेको छ, जसमा मन टिकेपछि कोही पनि आत्मविभोर नबनिरहन सक्दैन । कमलको फूलझैं विभूषित भएको परिकल्पनामा उनलाई नयनकमल, हस्तकमल, मुखकमलको उपमा दिनेहरूको पनि कमी छैन । भगवान श्रीकृष्णको अनुकम्पाले गीताको सदावहार ज्ञान विश्वले अनुभूत गर्न पाएको छ, जीवनको लय समाउन सफल भएको छ । यी कुरा स्मरण गर्दा श्रीकृष्ण जन्माष्टमी सबैका निम्ति जीवनोपयोगी पर्व हो भन्नेमा दुईमत रहँदैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : भाद्र ५, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?