कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खाटो कोट्याउने ओली

नेताहरूको बानी देख्दा अचम्म लाग्छ  । यतिबेला नेकपाका दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालबीच वरियताको विषयलाई लिएर निकै विवाद भएको छ  ।

गतवर्ष जेठमा पार्टी एकता हुँदा तत्कालीन एमालेमा दुई वरिष्ठ नेतामध्ये दोस्रो वरियतामा रहेका नेपाललाई केपी ओलीले खनाल नभएको मौका पारी पहिलो स्थान दिएका थिए । जुनबेला खनालले केही असन्तुष्टि देखाए पनि त्यसको चर्को आलोचना भने भएन र नेपाल पहिलो वरियतामा नै रहँदै आए । त्यसपछि खनालले आफूलाई सन्तुष्ट बनाइसकेका थिए र वरियताको कुरा लगभग सुल्झिसकेको थियो । खाटो बसिसकेको घाउ कोट्याउने काम त स्वयं ओलीबाटै भएको हो ।

समान हैसियतको अध्यक्षको जिम्मेवारी पाएका प्रचण्ड त कुनै भूमिका नपाए जसरी बेलाबखत पार्टी एकता नगरेको भए हुनेरहेछ भन्न थालेका छन् भने नेपाल, खनालको भूमिका जहाँ भए पनि त्यसको औचित्य देखिँदैन । हिजो नेपाल पहिलो नम्बरमा भएर के भयो र आज खनाललाई पहिलो नम्बरमा ल्याउँदा के हुन्छ ? मुख्य कुरा काम हो, काम गरेर देखाउनसके वरियताको कुनै अर्थ रहँदैन । उनले उठाएको दोस्रो पक्ष भने सही छ । तत्कालीन एमालेमा महाधिवेशनबाट केन्द्रीय समितिमा चुनिएर आएका उपाध्यक्षभन्दा तल्लो तहका नेता अहिले पार्टीको सचिवालयमा अटाएका छन् भने तत्कालीन एमालेका उपाध्यक्षहरूलाई सचिवालयमा लगिएको छैन । उनीहरूलाई पनि सचिवालयमा लैजानुपर्छ भन्ने उनको माग उचित छ ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : भाद्र ५, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?