चन्द्रागिरिको पर्यावरण विनाश

कान्तिपुर संवाददाता

साउन २७ गतेको आवरण पृष्ठमा छापिएको तस्बिरले वैयक्तिक स्वार्थका निम्ति पर्यावरणको चरम दोहन भएको कटु अवस्थालाई चित्रण गरेको छ  । वातावरण विज्ञको टोली र भूकम्प मापन केन्द्रले समेत चन्द्रागिरि डाँडामा भीमकाय भौतिक संरचना नबनाउनु भन्ने आदेश गरिसकेको अवस्थामा समेत अटेर गरी नितान्त व्यावसायिक प्रयोजनका निम्ति वातावरणको चीरहरण गर्नु उचित होइन  ।

चन्द्रागिरि हिल्स प्रालिले दिगो विकास र पर्यावरणीय सन्तुलनलाई समेत हेक्का राखी संरचना निर्माण गर्दा श्रेयस्कर हुन्थ्यो । यसबारे सरोकारवाला निकायको पनि बेलैमा ध्यान जाओस् ।
– ध्रुव कुँवर, जमालगाउँ, अछाम

प्रकाशित : श्रावण २८, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?