कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अभिलेखालय र सर्वोच्च अदालत

कान्तिपुर संवाददाता

१. काठमाडौंको राम शाह पथमा रहेको पुरातत्त्व विभागमा लाखौं पुराना दस्तावेज छन्, जुन हातले छुँदासमेत धुलो हुन्छन्  ।

अभिलेखालय र सर्वोच्च अदालत

पुराना कागजपत्र छानबिन गर्दा मलाई जैसीकोठाको १८ महिनाको अनुभव छ । राष्ट्रिय अभिलेखालय नेपालको एउटा धर्म, संस्कार, संस्कृतिको अभिलेख रहेको स्थान हो । यो भवन र अभिलेखहरू अहिलेकै ठाउँमा रहनुपर्छ । यिनमाथि अतिक्रमण हुनु भनेको राष्ट्रको इतिहास, धर्म, संस्कृति माथिको हमला हो ।

२. खिलराज रेग्मीले प्रधान न्यायाधीश र सरकार प्रमुख भएका बेला पुरातत्त्व विभागलाई सर्वोच्च अदालतको मोटर ग्यारेज बनाउन सर्वोच्चबाट प्रस्ताव अघि बढाउनुभयो र मन्त्रिपरिषदबाट सुटुक्क निर्णय गराउनु भयो । सोबारे पुरातत्त्व विभागलाई एक वचन सोध्न आवश्यक ठानिएन । किन ? इमान–जमान हराएकाहरूका कारण अहिले पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालयलाई सर्वोच्च अदालतले दैनिक ‘टर्चर’ दिएर उठिबास लगाउन आँटेको छ । जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड भनेझैं खिलराज रेग्मी ‘डबल पावर सेन्टर’ रहेका बेला किन ‘अन्यायमूर्ति’ बन्नुभयो । हामीलाई सर्वोच्च अदालत थानकोट लगे पनि केही फरक पर्दैन, तर पुरातत्त्व विभागलाई छुन पाइँदैन । अध्ययन, अध्यापन र शोध गर्नेहरूका लागि पायक पर्ने ठाउँ हो त्यो ।
३. सरकारले उक्त निर्णय उल्ट्याउन नसक्नुको कारण के हो ? सर्वोच्च अदालतले यस्तो अन्याय गर्न मिल्छ ? किन सार्ने नारायणहिटीमा पुरातत्त्व विभाग ? सरकारले रेग्मीका पालामा भएको निर्णय तुरुन्त खारेज गरोस् । अन्यथा संस्कार, इतिहास, धर्म र संस्कृतिप्रेमीहरूले माइतीघर मण्डलामा धर्ना बस्नुपर्ने हुनसक्छ । यस बारेमा उपत्यकाका नेवार समुदायको पनि
ध्यान पुगोस् ।
– डा. प्रेम सिंह बस्न्यात, अध्यक्ष, नेपाल म्युजियम एसोसिएसन

प्रकाशित : श्रावण २७, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?