१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

स्वराजलाई अन्तिम सलाम

कान्तिपुर संवाददाता

मित्रराष्ट्र भारतकी पूर्व विदेशमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ राजनेतृ सुषमा स्वराजको निधनले अन्तर्राष्ट्रिय राजनीतिको एउटा शक्तिशाली र प्रखर खम्बाको अवसान भएको छ  ।

स्वराजलाई अन्तिम सलाम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेझैं भारतीय राजनीतिमा एउटा गौरवशाली अध्यायको अन्त्य भएको छ, सार्वजनिक जीवन र गरिबहरूको जीवनका लागि आफ्नो जीवन समर्पण गरेकी एक कुशल सारथी व्यक्तित्वको देहावसान भएको छ । र करोडौं व्यक्तिका
लागि प्रेरणाको स्रोत बनेकी एक प्रेरकको स्वर्गवास भएको छ ।


सन् १९५२ मा अम्बालामा पिता हरदेव शर्मा र माता लक्ष्मी देवीकी कोखबाट जन्मेकी स्वराजले सर्वोच्च अदालतको एक वरिष्ठ वकिलको भूमिका निर्वाह गरेकी थिइन् । असाधारण र कुशल वक्ता भएकै कारण राजनीतिमा प्रवेश गरेर उचाइ पनि लिइन् । दिल्लीको प्रथम महिला मुख्यमन्त्री, प्रथम महिला पार्टी प्रवक्ता, सबभन्दा कम उमेरकी मन्त्री इत्यादि महत्त्वपूर्ण रेकर्ड स्थापित गर्न सफल भइन् । यस अलावा सन् २००८ र २०१० मा सर्वश्रेष्ठ संसदीय पुरस्कार प्राप्त गर्ने एकल महिला सांसदको रूपमा परिभाषित हुने अवसर पाइन् । सन् २०१४ देखि २०१९ सम्मको भारत गणराज्यको विदेशमन्त्री बनेपछि उनको उचाइ अझ चुलियो । नेपालमा २०७२ सालको महाभूकम्पको बखत इमर्जेन्सीमा परेको नेपाललाई वैदेशिक सहयोग र अनुदान प्रदान गर्नमा उनले देखाएको तदारुकताको प्रशंसा भएको थियो । माइती नेपालसँगको समन्वयमा सयौं नेपाली चेलीलाई भारतको कोठीबाट देश फिर्ता गराउने उनको अथक प्रयास रह्यो ।


नेपालको आन्तरिक राजनीतिमा उनको हस्तक्षेपबारे पनि प्रतिक्रिया गरिन्छ । मोदीदूत बनेर पटक–पटक नेपाल आएकी स्वराजले नाकाबन्दी र भारतको असन्तुष्टिले सिर्जित तनावपूर्ण सम्बन्धलाई ‘आइसब्रेक’ दिने तारिफयोग्य गृहकार्य गरिन् । ईपीजीको वार्तामा उनको सकारात्मक धारणा थियो । नेपाली राजनीतिमा उनको प्रतिविम्ब सदैव यादगार र स्मरणीय रहनेछ । भारतीय राजनीति जगतकी एक उज्ज्वल ताराको निधनमा भावपूर्ण अन्तिम सलाम !
– ऋतिक यादव, सिम्रौनगढ–१०, बारा

प्रकाशित : श्रावण २३, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?