कान्जीखानाका गाई मर्दै

कान्तिपुर संवाददाता

नेपालगन्ज उपमहानगरपालिकाले विर्ता गाउँमा छाडा छाडिएका चौपाया (गाईगोरु) व्यवस्थापनका लागि भनेर नयाँ कान्जी हाउस बनाएर त्यसमा झन्डै ४ सय पशु चौपाया थुनेर राखेको छ  ।

४ सय पशु चौपायालाई पानीका डुँड जम्मा दुइटा र घाँस खाने डुँड तीनवटा मात्र राखेको छ । एउटा डुँडको पानी बढीमा ३० वटासम्म चौपायाले पिए पनि ४ सय चौपायलाई न्यूनतम १२ वटा डुँड चाहिन्थ्यो । घाँस खाने डुँड त झन् त्योभन्दा अधिक चाहिन्थ्यो । ती पशुको हेरविचार गर्ने मान्छे जम्मा ३ जना रहेको भन्ने खबर पढ्न पाइयो । तीनजना कामदारले ४ सय पशुको खानपिनको व्यवस्था गर्न सक्ने कुरै भएन । एकजना कामदारले ५० पशुको रेखदेखको जिम्मा लिए पनि ४ सय पशुका लागि कम्तीमा ८ देखि १२ जनासम्म कामदार हुनुपर्थ्यो । यी सबै समस्याका कारणले गर्दा त्यस कान्जीखानका ११ वटा गाई साउनमा मात्र मरे । यो बाँकेको मात्र नभएर सबैजसो सहरी क्षेत्रको समस्या हो । आँखामा छारो हालेर कान्जीखाना बनाएको नाटकमा निर्दोष पशुलाई भोक र प्यासले तड्पाएर मार्नुको साटो छाडै छाडिदिएको भए नै उपयुक्त हुने थियो ।

– केशव अधिकारी, काठमाडौं

प्रकाशित : श्रावण २२, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?