तरकारी बजारले असुविधा

कान्तिपुर संवाददाता

काठमाडौं–१६ अन्तर्गत बाइपासदेखि माछापोखरीसम्म फलफूल र तरकारी होलसेल बजार खुलेको पन्ध्र वर्षजति भयो  । यसका कारण प्रत्येक बिहान मानिसहरूको भीडभाडले गर्दा सवारी साधनलाई पर्नु समस्या परिरहेको पनि झन्डै त्यति नै समय भयो  ।

नयाँ बसपार्कबाट प्रत्येक बिहान छुट्ने लामो दूरीका यात्रुबसलाई त्यो बाटो काट्न हरबिहान हम्मे पर्ने गरेको छ । अर्कातिर, यही विषयलाई लिएर भित्री भागमा राखिएको तरकारी होलसेल बजार व्यवस्थापन समिति र बाहिर बस्ने कृषक व्यापारीबीच कैयौं पटक झगडा भइसकेको छ । नगर प्रहरी तथा ट्राफिक प्रहरीले तिनलाई पटक पटक चेतावनी दिँदै आइरहे पनि राजनीतिक आड देखाएर अटेर गर्ने गरेका छन् । सर्वसाधारणको यस्तो सास्तीबारे कसले ध्यान दिने ? दोषीलाई तुरुन्त कारबाहीको दायरामा ल्याई आवागमनमा सहजीकरण गरिनुपर्छ ।
– खिमराज गिरी, मध्य नेपाल–२, लमजुङ

प्रकाशित : श्रावण १९, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?