२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मधेस विरोधी बीपी

कान्तिपुर संवाददाता

साउन १५ गते प्रकाशित सीके लालको ‘बीपीको मधेस दृष्टि’ नोट गर्ने खालको छ  । राजनीतिक विरोधीहरूलाई समेत समाहित नगरेसम्म जातिमूलक दम्भको विचार पद्धतिले व्यापक मान्यता पाउँदैन  ।

यही कारण बीपी आज राजावादी र राप्रपाको लागि पनि आदर्श बनेका छन् । पुष्पलाललाई सम्मान, समानता र समाजवादको खोजकर्ता भएकाले अलग राखिएको छ । वास्तवमा मधेस विरोधी पहाडमा बसेका पहाडीहरू होइनन्, बरु त्यहाँबाट झरेर मधेसमा बसेका पहाडीहरू नै हुन् । यसै कोटीमा बीपी र उनका परिवार थिए । बीपीले तराईमा कोही पनि भोकभोकै नबसेको र म पनि तराईवासी हुँ भने । तर तराईका निम्ति केही गरेनन् ।


जीपी कोइराला त मेरो लासमाथि मधेस बन्नेछ पनि भने । बीपी आफूलाई सच्याउन सक्ने नेता थिए, तर जीपी थिएनन् । वेदा बाबुको आन्दोलन बीपीलाई ठिक लागेको थिएन जसरी जीपीलाई मधेस आन्दोलन ठिक लागेको थिएन । यद्यपि बीपी ऐतिहासिक पथप्रदर्शक हुन् ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : श्रावण १७, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?