कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रचण्ड हिरो होइन, जिरो

कान्तिपुर संवाददाता

‘हेग लगिए म झन् हिरो हुन्छु’, प्रचण्डको यो भनाइले मुलुकमा तरङ्ग ल्याएको छ  । प्रधानमन्त्री भइसकेका नेताले आपराधिक प्रकृतिलाई प्रश्रय दिने हिसाबले बोल्न मिल्दैन  ।

हेग लगिएमा प्रचण्ड हिरो होइन, जिरो हुनेछन् । सत्र हजारको हत्यामा मुद्दा चले प्रचण्डको हालत के हुन्छ ? प्रचण्डको कथनले जे कृष्ण मूर्तिको उक्तिलाई स्मरण गराउँछ, ‘राजनीतिसँग सम्बन्धितहरूको मन सफा हुँदैन । कालो भावबाट कलुषित भावना प्रस्फुरण हुन्छ । प्रचण्डको अभिव्यक्ति आपराधिक मानसिकताको भय पनि हो । त्यस्तो डरले दिएको परिश्रुत उक्तिले उहापोह बोल्न प्रचण्ड सक्दैनन् भनी सन्देश दिने प्रचेष्टा गरेको छ । खोला नभएको ठाउँमा पुल बनाउँछु भनी राजनीतिज्ञको हैसियतले बोलेझैं अन्तर्राष्ट्रिय विषयमा बोल्न मिल्ने स्थिति हुँदैन । प्रचण्डलाई मुद्दा चलाएर देशको गरिमा अभिवृद्धि हुन्छ, अनि शान्ति, स्थिरता, विकास र समृद्धिमा कुनै असर पर्दैन भने केही फरक पर्दैन । तर प्रचण्डको बोलीले राष्ट्रलाई विपत्तिमा पारेर हिरो हुन्छु भन्नुले मनको तृष्णालाई जबर्जस्त उजागर गरेका छन्, उनले । यस्तो उद्गारले प्रचण्डलाई बदनाम बनाउने सम्भावना टड्कारो छ ।
– महेन्द्रमान श्रेष्ठ ॅव्यथित’, पोखरा

प्रकाशित : श्रावण १७, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?