३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

स्कुल विभाग प्रमुखमा किचलो

नेकपाको जिल्लास्तरीय प्रमुख, उपप्रमुखमा कुरा मिलेकोले खुसियाली छाएको थियो  । तर केन्द्रीय स्कुल प्रमुखमा किचलो देखिँदा दुःखको अनुभूति हुनलाग्यो  ।

सहमतिमा टुङ्गो लगाउनुपर्‍यो । आफू–आफूमै अन्योल सिर्जना गरियो भने अरू दलले हेप्ने मौका पाउँछ । मिलिसकेको कुरामा अर्को भाँजो हाल्नु कदापि राम्रो हुँदैन । सहमति, सहकार्य, एकता, समन्वय, समझदारीकै खाँचो छ । त्यसकारण स्कुल विभाग प्रमुखमा यिनै तत्त्वहरूको आवश्यकता छ । हात्ती छिर्‍यो, पुच्छर अड्क्यो भन्ने देखाउन भएन । विगतलाई केलाऔं, भविष्यलाई ख्याल गरौं । पद नै सबै कुरा होइन । वरत्र–परत्र सबै हेरौं, भविष्य हेरौं आआफ्नो स्वार्थ पूरा गर्ने मात्र ध्यान नदिऔं । यथाशीध्र कुरा मिलाऔं । अन्यथा दुई तिहाइको पार्टी सरकारको इज्जत जाला, इज्जत धान्ने कार्य गरौं । शालीनता, सहनशीलताको प्रयोग गरौं । बुद्धिविवेक पुगेन भने देशको भविष्य अन्धकार हुनेछ । बल्लतल्ल नयाँ संविधान प्राप्त भएको छ । यसलाई सही कार्यान्वयन गर्न सकेनौं भने जनताले धिक्कार्नेछन् । २०१६ सालको काङ्ग्रेसको दुई तिहाइको पार्टी सरकार कसरी पतन भयो, त्यसलाई चिन्तन–मनन गरौं, कुबुद्धितिर नलागौं ।
– हर्कनारायण श्रेष्ठ, त्रियुगा–१०, उदयपुर

प्रकाशित : श्रावण ९, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?