१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आजीवन कुर्सी

प्रधानमन्त्री हुने शैक्षिक योग्यता कति ? संसारमा कुनै मापदण्ड छैन  । चरित्रवान, इमानदार, जनताप्रति उत्तरदायी, उदार तथा सहिष्णुता नै प्रधानमन्त्रीमा हुनुपर्ने योग्यता हो भन्ने विश्वव्यापी मान्यता छ  ।

सभ्य र विकसित देशमा आफ्नो मिसन कार्यान्वयन नहुने बित्तिकै प्रधानमन्त्रीले पदबाट राजीनामा दिने चलन छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले नैतिकताको आधारमा राजीनामा दिएको धेरै भएको छैन । हामीकहाँ भने प्रधानमन्त्रीहरूले नैतिकता दर्शाएको पाइँदैन । पञ्चायतकालदेखि अहिलेसम्म पदमा टाँसिइरहने लालसा प्रधानमन्त्रीहरूमा देखिएको छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन व्यक्तिले के बोल्ने, के नबोल्ने थाहा नहुनु दुःखको विषय हो ।
–ज्यो. रत्ननिधि रेग्मी 'शुक्राचार्य', काठमाडौँ

प्रकाशित : असार २७, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?