कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विश्वविद्यालयमा रजाइँ

दिनहुँका गतिविधि हेर्दा निराशा सिवाय केही छैन  । तरकारीमा विष, त्रिभुवन विश्वविद्यालयको जग्गामा रजाइँ, त्रिविको बेथिति लगायत समाचारले हाम्रो यथार्थ छर्लङ्ग भएको छ  ।

भ्रष्टाचार दिन दुई गुना रात चार गुना वृद्धि हुँदै गइरहेको छ । पदधारीहरूमा धनआर्जन गर्ने मानसिकताले जरो गाडेको छ । समाजमा अनुशासनको खडेरी परेको छ । के त्रिविको जग्गा विभिन्न संघ/संस्थालाई भाग लगाउन जग्गादाताले दिएका हुन् ? कहिलेसम्म लुट प्रवृत्ति र पद्धतिलाई अंगिकार गर्ने हो ? समाजमा असल, इमानदार व्यक्ति पीडा र वेदनामा तडपिरहने, ठग, बैमानी, गुन्डागर्दी प्रवृत्तिले राज गरिरहने प्रवृत्ति नरोकेसम्म विकास हुनेवाला छैन । विकासको मुख्य अवरोध वाचिक, मानसिक, आर्थिक, राजनीतिक भ्रष्टाचार नै हो । यसको मूलजरो उखेल्न जरुरी छ ।
– टङ्कप्रसाद गैरे, वालिङ–१३, स्याङजा

प्रकाशित : असार २५, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?