सुशासनका लागि चिन्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरेक क्षेत्रमा भइरहेको अनियमितता र भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने हो  । तर आयोगले प्रभावकारी ढंगले काम गर्न नसकेको आभास हुन्छ  ।

जुन सुशासनका लागि चिन्ताको विषय हो । अनियमितता भएको शंका लागेमा त्यस विरुद्ध आवाज उठाउन किमार्थ हिचकिचाउन हुँदैन । समाजमा सत्ता र शक्तिको पहुँचको धाक लगाउने, अनियमितता, भ्रष्टाचार र घुसखोरी गर्नेहरूलाई सामाजिक रूपमा बहिस्कार गर्ने अभियान चलाउने हो कि ?


बालुवाटार जग्गा काण्डसँग सम्बन्धित विषय निरन्तर रूपमा सञ्चार माध्यबाट सार्वजनिक भइरहेका छन् । पहुँचको आधारमा सरकारी जग्गालाई व्यक्तिको नाममा बनाउने काम आजपर्यन्त भइरहेको छ । बेलैमा यसतर्फ ध्यान नदिने हो भने भविष्यमा सरकारी जग्गा सकिनेछ । सरकारले देशभरिका सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्नुपर्छ । बालुवाटार जग्गा विवादमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र गृह मन्त्रालयका अवकाश प्राप्त अधिकारी गेहनाथ भण्डारी जोडिएका छन् । लामो समयसम्म निजामती सेवामा बिताएका यिनीहरूले जग्गा श्रीमतीको नाममा राख्ने गरेको घटनाले कर्मचारीतन्त्रभित्र सुषुप्त अवस्थामा भएको भ्रष्टाचार र अनियमिततालाई स्पष्ट पार्छ ।
– कृष्ण न्यौपाने, काठमाडौं

प्रकाशित : असार २५, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?