२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

समान काम असमान दाम

इष्ट इडिया कम्पनी अन्तर्गत भारतमा साम्राज्य जमाएका बेला अंग्रेज–नेपाल लडाइँपश्चात् सन् १८७२ मा सुगौली सन्धि भएपछि निरन्तर रूपमा गोर्खा भर्तीका नाममा ब्रिटिस सेनामा नेपाली युवाहरूलाई भर्ती गराउन सहमत भई नेपालीले काम गर्दै आएको २ सय वर्ष नाघिसकेको छ  ।

तर गोराहरूसरह पेन्सन तथा अन्य सरसुविधा दिन भने बेलायती सरकारले आजसम्म पनि आनाकानी गरिरहेको छ । बेलायत भ्रमणमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेरै त्रिपक्षीय सन्धिलाई द्विपक्षीय बनाउँदै पुनरावलोकन गर्न आग्रह गरेको कान्तिपुरले प्रकाशित गरेको छ । बेलायती सेनाकै रूपमा संसारभर चिनिने ब्रिटिस गोर्खाजका काम समान भए पनि तलब–भत्ता, सेवा–सुविधामा जमिन–आकाशजस्तै भिन्नता छन् । ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र हुँदाताका भएका बखत सम्बन्धित मुलुकहरूले गोर्खा सैनिकलाई आआफ्नो सैनिकसरह व्यवहार गर्नुपर्ने उल्लेख गरिएको भए पनि त्यो कहिल्यै भएन । ‘समान काम असमान दाम’ बारेका वास्तविकता संसारले सुन्यो भने ब्रिटिस सरकारले नेपालबाट भर्ती हुन गएकाहरूप्रति सद्भावका रूपमा दर्शाएका लज्जास्पद नियत छताछुल्ल हुनेछ ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?