१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अकासियो बजार मूल्य

जेठ २७ गते प्रकाशित ‘अनुगमनकर्ताको अनुगमन’ सम्पादकीय सटिक लाग्यो  । किनभने बजेट पेस हुनासाथ वस्तुको लागतमा फरकै नपरे पनि व्यापारीले लागत बढेको बहाना बनाई मूल्य बढाइहाल्छन् भने यस वर्ष त ढुवानीलाई सेवा क्षेत्र मान्दै मूल्य अभिवृद्धि कर लगाई उपभोग्य सामग्री आयातमा अन्तशुल्क दर ३० प्रतिशतबाट ४० प्रतिशत पुर्‍याइएको छ  ।

सरकारले अनुगमन गर्न नसक्दा कर नबढाइएका आटा, चिप्स, चाउचाउ, जुस लगायतका उपभोग्य सामग्रीमा समेत मूल्यवृद्धि गरेका छन् । सरकार व्यापार घाटा कम गर्न र आयातलाई निरुत्साहित गर्ने भनी भन्सार र अन्तशुल्क दर बढाएको भन्छ । तर व्यापारीले ढुवानीको भ्याट देखाएर खाद्यवस्तुमा प्रतिकेजी ४० रुपैयाँसम्म मनलाग्दी मूल्य बढाएका छन् । ढुवानी सेवामा सरकारले भ्याट बढाउनुभन्दा करको दायरा बढाउनतिर लागेर आम उपभोक्तालाई मार पर्नेमा नजरअन्दाज गर्न मिल्दैन ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : जेष्ठ ३०, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?