कृषक दिवसको महत्त्व

केही वर्षयता हरेक जेठ २७ गते राष्ट्रिय कृषक दिवस मनाउने गरिएको छ  । कृषकको आवश्यकता र महत्त्व उजागर गरेको छ, यो दिवसले  ।

कृषिप्रधान भनिएको मुलुकमा कृषकको महत्त्व निकै हुनुपर्ने हो, तर हाम्रा कृषकको त्यस्तो भाग्य कहाँ ! कृषि उत्पादनबाट हाम्रो देश आत्मानिर्भर बन्नसकेको छैन । अरू देशबाटै आयात गर्नुपर्ने बाध्यता छ । काम गर्न सक्ने तागत भएका युवाशक्ति दिन–प्रतिदिन विदेशिने क्रम बढ्दै जानाले पनि खेतीयोग्य जमिन बाँझै बसेका छन् । खेतीयोग्य जमिन बाँझै बस्नु, उत्पादन जमिन नै मासिनेगरी जथाभाबी सडक बाटो विस्तार गर्नु, र टुक्रा–टुक्रा पारेर बिक्री–वितरण हुँदै आउनुका कारणले पनि उत्पादन घट्दै आएको हो । समयमै मल र बीउ उपलब्ध नहुनु, आधुनिक कृषि औजारको समयमै प्रयोग गर्न नसक्नु र परम्परागत शैलीमा मात्र खेती गर्ने बानीले उत्पादनमा वृद्धि हुनसकेको छैन । कृषि उत्पादन बढाउनुपर्छ, कृषकको महत्त्व धेरै छ भनेर वर्षको एकदिन कृषक दिवसमा भाषण गरेर मात्रै कृषकको समस्या पूरा हुने र उत्पादनमा वृद्धि हुने होइन । किसानीलाई आधुनिक तरिकाबाट खेती गर्न सिकाउने र व्यावसायिक बनाउने गराउन सक्नुपर्छ । त्यसका लागि भरपर्दो तालिम दिन सक्नुपर्छ । लगनशील र इमानदार किसानको पहिचान गरी अनुदान दिने र कृषि उद्योग खोल्न प्रोत्साहन दिन सक्नुपर्छ । किसानबाट उत्पादित सामग्रीहरूको बिक्री गर्न पर्याप्त बजारको व्यवस्था गरिनुपर्ने र सके कृषकका सामान सरकारले नै लिएर बिक्री–वितरण गर्नसके मात्र राष्ट्रिय कृषक दिवसको महत्त्व उच्च हुँदै जान्छ ।
– तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं

प्रकाशित : जेष्ठ २७, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?