राष्ट्रको धर्म

कान्तिपुर संवाददाता

बालकृष्ण माबुहाङको लेख ‘हिन्दु अधिराज्य हिन्दुस्तानकै मामिला’ ले सोचमग्न बनायो  । धर्मसँग हरेक जाति वा समुदायको अनोन्याश्रित सम्बन्ध रहन्छ नै  ।

धर्म व्यक्तिको मात्र हुन्छ, राष्ट्रको हुन्न भन्ने तर्क गर्नेहरूले चाणक्य नीतिशास्त्र पढेका छैनन्।


माबुहाङजीले भनेझैं अंग्रेजकै शिक्षाबाट दीक्षित भएका गान्धी र नेहरूले आफ्नो मुलुकलाई धर्मनिरपेक्ष बनाए। राजा महेन्द्रले नेपाललाई हिन्दु राष्ट्र बनाएपछि भारतीय हिन्दुहरूले नेपालप्रति गर्व गर्न थाले । यहुदीहरूले जेरुसेलम, मुस्लिमहरूले मक्का र इसाईहरूले भ्याटिकनप्रति जस्तो आस्था राख्छन्, सारा हिन्दुका लागि नेपालको पनि त्यस्तै महत्त्व छ । भारतका मुख्य चार धामको मुख्य शिर हाम्रो पशुपतिनाथ भएकाले विश्वभरिका हिन्दु वा ओमकार परिवारका लागि यो गौरवको थलो हो । भारतमा मोदी वा आरएसएसको जुनसुकै मापदण्ड भए पनि हामी नेपालीले आफ्नो राष्ट्रको भाग्यरेखा आफैंले कोर्न सक्नुपर्छ ।
– डिल्लीराम खनाल, दमक, झापा

प्रकाशित : जेष्ठ २७, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

भेनेजुएला–कोलम्बिया सीमा खुल्यो

एजेन्सी

काराकस — भेनेजुएलामा पछिल्लो समय जारी संकटका कारण बन्द गरिएको कोलम्बियासँगको सीमा ४ महिनापछि आइतबार खुला गरिएको छ । सीमा खुला गरिएसँगै दसौं हजार भेनेजुएलीले आवतजावत गरेका छन् । 

कोलम्बियासँगको सीमा सुचारु भएसँगै देश छाड्न लामबद्ध भेनेजुएलाका सर्वसाधारण । तस्बिर : रोयटर्स

भेनेजुएलाका विपक्षी दलका नेता खुवान गुआइडोले गत फब्रुअरीमा अमेरिकी समर्थनको मानवीय सहायता देशमा भित्र्याउने तयारीपछि राष्ट्रपति निकोलस मडुरोले सीमा बन्द गरेका थिए ।

भेनेजुयलामा जारी शक्ति संघर्षका कारण देशमा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुद्रास्फीति निकै बढेको छ भने औषधिको समेत अभाव छ ।

राष्ट्रसंघीय निकायका अनुसार सन् २०१५ यता करिब ४० लाख मानिसले भेनेजुएला छोडिसकेका छन् । कोलम्बियाको विदेश मन्त्रालयका अनुसार आइतबार ३० हजार भेनेजुएली सीमावर्ती सहरमा आइपुगेका छन् । सीमा बन्द भएसँगै आधारभूत आवश्यकताका लागि कोलम्बियामाथि भर पर्ने सीमा क्षेत्र सहरका स्थानीय निकै समस्यामा परेका थिए । सीमा बन्द गरिनुअघि सीमाक्षेत्रको सिमोन बोलिभर अन्तर्राष्ट्रिय पुल प्रत्येक दिन करिब ३० हजारले पार गर्ने गर्थे ।

विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष गुआइडोले मडुरो चुनावमा धाँधली गरी राष्ट्रपतिमा निर्वाचित भएको भन्दै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट गहिरिएको हो ।

अमेरिकासहित करिब ५५ देशले गुआइडोलाई समर्थन जनाएका छन् । जसका कारण मडुरो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसअघि सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा समेत उत्रेका थिए । सेनाको समर्थन कायम राख्न सफल मडुरोलाई चीन तथा रूसलगायत राष्ट्रले सहयोग गरिरहेका छन् ।


प्रकाशित : जेष्ठ २७, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्