कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जवाफदेहिताके खाँचो

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको मेरुदण्ड कर्मचारीतन्त्र हो  । सरकार सफल/असफल हुनेमा कर्मचारीतन्त्रको पनि हात छ  ।

यसर्थ, कर्मचारीहरूमा स्पष्टता र जवाफदेहिता अति आवश्यक छ । सकारात्मक ढंगले छिटोछरितो रूपले कार्य गर्दा पनि अबजश खेप्नुपर्ने पनि हुन्छ । तथापि कर्मचारीहरूले सरकारको नीति निर्देशन परिपत्र ख्याल गरेन र आफ्नो स्वार्थपूर्ति गर्नेतर्फ मात्र ध्यान दियो भने जति व्यवस्था बदलिए पनि जनताले सुख पाउँदैनन् । सरकारलाई सफल बनाएर जिम्मेवारी पूरा गर्ने गुरुत्तर दायित्व कर्मचारीतन्त्रको काँधमा छ । यो झन् अन्यन्तै संवेदनशील कुरा हो । यस अनुसार कर्मचारी हिँड्नैपर्छ । हिँड्नभन्दा पनि दोड्नैपर्छ । अब हिँडेर लोकतन्त्र, गणतन्त्र सफल हुन सक्तैन ।
– हर्कनारायण श्रेष्ठ, त्रियुगा नपा–१०, उदयपुर

प्रकाशित : जेष्ठ २४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?