कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गुठीको कुरो यसो हो

जेठ १३ गते प्रकाशित ‘महन्तले बेचे गुठीका जग्गा’ समाचारमाथि मेरो आपत्ति छ  । रूपन्देही जिल्ला, सिद्घार्थनगर नगरपालिका–६ स्थित गाउँ ब्लकको जग्गा मेरो नाममा भोगचलन हुँदै आएको हो  ।

२०३२ को नापीअनुसार लगत नं १७३५–१७६६ को मोठ कायम गरी २०३८/३९ सालमा मेरो नाममा प्राप्त भएको हुँदा सोही समयदेखि जग्गामा मेरो हकभोग छ ।

२०७६ वैशाख १६ गते आफैले मालपोत कार्यालयमा तिरो बुझाइ सञ्जयप्रसाद पाण्डेसमेतको नाममा नामसारी भई गएको जग्गा हो । समाचारमा उल्लेख गरिएको उक्त जग्गा सिद्घार्थनगर नगरपालिका–६ कि.नं. १६५, ००८२८.९४ वर्गमिटर साविक लगत नं. १७३५/१७६६ बमोजिम २ नं. नापी गोश्वारामा जग्गा दर्ता भई लालपुर्जा मेरो नाममा प्राप्त भएको हो । समाचारमा भनिएजस्तो यो जग्गा लक्ष्मीनारायण मठको नाममा गुठीमा दर्ता छैन । सिद्घार्थनगर–६ भित्र कुनै पनि ठाउँमा लक्ष्मीनारायण मठ छैन । गाउँ ब्लकको जग्गालाई छुट कित्ता भन्न मिल्दैन । मेरो नाममा रहेको उक्त जग्गा गाउँ ब्लक नापनक्सा भई प्राप्त भएको हो भन्ने कुरा सरोकारवाला सबै निकायबाट प्रमाणित हुँदा–हुँदै गुरुको नामबाट नामसारी भएको झूट कुरा समाचारमा उल्लेख गरिएकोमा दुःख लागेको छ ।
गुठीमा बस्ने महन्तको पनि निजी सम्पत्ति हुनसक्छ । मेरो नाममा कानुनी रूपले आएको जग्गालाई गुठीको भन्दै त्यसलाई हत्याउने प्रपञ्चमा भएकोमा दुःख लागेको छ ।

– जगन्नाथदास वैष्णव, मटिहानी, महोत्तरी

प्रकाशित : जेष्ठ २३, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?