१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

गाडीमा पहिले नियत सुध्रिनुपर्‍यो

खनिज इन्धनबाट चल्ने सवारी साधनले वातावरण बिगारेका सम्बन्धमा निकै राम्रो लेख पढ्न पाइयो  । फोसल फ्युल अन्य देशले पनि प्रयोग गर्छन्, ती देशमा पनि सवारी साधन अत्यधिक छन्, तैपनि हाम्रोजस्तो गएगुज्रेको अवस्था ती देशमा किन छैन ? किनभने त्यहाँका गाडी हाम्रामा जस्तै थोत्रा र पुराना छैनन्  ।

हाम्रामा सवारी साधनको मर्मत–सम्भार नियमित अन्तरालमा नहुनु, सवारी साधन गुड्दा–गुड्दै ठप्प नरोकिएसम्म चलाइरहनु जस्ता कारणले प्रदूषण अनियन्त्रित भएको हो । त्यस्ता सवारी साधनलाई घुस खाएर प्रमाणित गर्ने सम्बन्धित कर्मचारीहरू प्रदूषणभन्दा हानिकारक बनिरहेका छन् ।


अर्को कुरा, विद्युतीय सवारी साधनले पनि वातावरण बिगार्दै नबिगार्ने भन्ने हुन्न । लिथोनियम ब्याट्रीभित्र रहेको लिड व्यवस्थापनमा हेलचेक्र्याइँ गर्‍यो भने त्यसबाट पनि वातावरणमा प्रतिकूल असर पर्छ । मुख्य कुरा नियमन गर्ने निकाय बेकामे बन्नु भएन । अहिले चलिरहेका खनिज इन्धनवाला सवारी साधनहरूको सर्भिसिङमा कडाइ गरियो भने वातावरण यति साह्रो बिग्रिँदैन ।
– केदारनाथ त्रिपाठी, बूढानीलकण्ठ, काठमाडौं

प्रकाशित : जेष्ठ ६, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?