३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बर्खा लाग्नुअघि सचेतता

मौसमी वर्षा सक्रिय भइसकेको छ  । यसले वर्षाको सम्भावना प्रबल गराउँछ  ।

नेपालमा हुने वर्षा खालि पानीको गनगनाहट मात्र होइन । बर्खासँगै बाढी, पहिरो, भूक्षय, कीराफट्याङग्रादेखि सर्प–बिच्छीसम्मको आतंक बर्खाको पर्याय हुने गरेको छ । सडकका नालीहरू, कुलाहरूको बेलैमा सफाइ हुन नसक्दा तिनैबाट काल निम्तिन सक्छ । नाली थुनिनाले पानी सडकबाट बग्न थाल्यो भने महत्त्वपूर्ण संरचना तहस–नहस नगरी अगाडि बढ्दैन । यसर्थ वर्षा आउनुअघि नै घरको कुलोकरेसा मात्र होइन, बाटोघाटो, सडक र जंगल क्षेत्रमा पनि निकास खोल्ने काम तुरुन्तै गर्नुपर्छ । सानो प्रयासले ठूलो जोखिमबाट जोगिन सकिन्छ । स्थानीय निकाय, जनसेवक र सरकारी निकायले रातो माटो खानी सञ्चालन र व्यवस्थापनमा उचित तरिका अपनाउन लगाउनुपर्छ । यसैगरी ढल, निकास, कुलो सोहर्ने र व्यवस्थित गर्ने काम अविलम्ब गर्नुपर्छ ।
– उज्ज्वल श्रेष्ठ, [email protected]

प्रकाशित : जेष्ठ ६, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?