बमजनमाथि छानबिन कहिले ?
धर्मको नाममा यौनशोषण र व्यक्तिहत्याको गम्भीर आरोप लागेका रामबहादुर बमजनले फेरि खुलेआम ‘आशीर्वाद’ दिन थालेको समाचार पढ्नुपर्दा दुःख लाग्यो । माथिल्लो तहसम्मको राजनीतिक पहुँच बनाइसकेका बमजनलाई जोगाउन पूर्वमन्त्रीदेखि पहुँचवाला नेताहरूसम्म लागिरहेका छन् ।
धर्मको आडमा पैसा असुल्नु र यौनशोषण गर्नु कदापि क्षम्य हुन सक्दैन । पछिल्लो समय प्रहरीले तदारुकता देखाए पनि त्यतिकै सेलायो । ‘ध्यान गर्ने’ बहानामा सुरुवातदेखि नै विवादमा आइरहेका बमजनमाथि गम्भीर छानबिन हुनु जरुरी छ । पीडितहरूले न्याय पाउनैपर्छ ।
– सन्तोष सागर, कीर्तिपुर, काठमाडौं
प्रतिक्रिया