१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दुर्दशाको राम्रो विश्लेषण

श्रीकृष्ण अनिरुद्ध गौतम लिखित ‘स्वप्नमहलको दुर्दशा’ यथार्थपरक छ  । बीसौं शताव्दीका अन्तिम दुई दशकमा लोकतांत्रिक विजयको गाथा कोरिएको, रूसमै एकतन्त्री शासनको भेउ नपाएको अनि चीन र उत्तर कोरियामा कायमै रहेको तथ्य लेखकले प्रस्तुत गरेका छन्  ।

त्यही अवधिमा नेपालमा कांग्रेसले कम्युनिस्टलाई सघाएकामा लेखकले अफसोस पनि जनाएका छन् । कम्युनिस्टहरूले कुनै पनि दिन धोका दिन्छन् भन्ने पुराना नेताहरूको कथन अहिले सही साबित हुँदै छ । अहिलेको कम्युनिस्ट सरकारले कांग्रेसलाई मात्र हेला गरेको छैन, नागरिक समाज, बुद्धिजीवी र जनताको पनि मानमर्यादामा रमाइरहेको छ । ओलीको जिभ्रामा अप्रिय शब्दवाणबाहेक केही छैन । मिडिया नियन्त्रणको उनको प्रयास लोकतन्त्रमाथिको प्रहार हो तर नेपाली जनता त्यसलाई स्विकार्न पहिले पनि तयार थिएनन्, अहिले पनि छैनन् र भोलि पनि रहनेछैनन् ।
– शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?