१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लोकतन्त्रलाई विकृत नपारौँ

सिद्धान्ततः लोकको हितमा काम गर्ने लोकतन्त्र मिठो फल बन्नुपर्ने हो  । तर नेपालमा मिठो लोकतन्क्र अमिलो बन्दैछ  ।

लोकतन्त्रलाई विकृत नपारौँ

नेताहरूको अदूरदर्शिता र त्तिगत स्वार्थ, बढ्दो दण्डहीनता र भ्रष्टाचार, अस्थिर सरकार र सुशासनको अभावले लोकतन्त्र फुल्न, फल्न सकेन । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो । राजतन्त्र फालेर गणतन्त्र वा भनौं लोकतन्त्र आएको १३ वर्ष पुरा भएको छ । आम जनताको मुहार उज्यालो हुनसकेको छैन । विकास र समृद्धिको काम खासै बढ्न सकेन । संविधान र कानुनहरू बनाउने, समावेशितालाई राज्य संयन्त्रमा रूपान्तरण गर्ने र जनताको सचेतना बढाउने काम भने भएका छन् । राज्य संयन्त्रमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनपुगेको छ । यो राम्रो पक्ष हो । संविधान जारी नगर्न भारतले दिएको चेतावनी बेवास्ता गर्दा मुलुक भारतको अमानवीय नाकाबन्दीमा जाकियो । भारतको ६ महिने नाकाबन्दीले ५ वर्षको विकास पछाडि धकेलियो । तामाकोशी, मेलम्चीजस्ता योजना पुरा हुन सकेनन्, योजनाहरूको लागत बढ्यो । राम्रो मान्छेको सट्टा हाम्रो मान्छेको खोजीले लोकतन्त्रलाई बदनाम गर्‍यो । ठूलठूला भ्रष्टाचारका काण्डले लोकतन्त्रलाई पुरै छायामा पार्‍यो । तर पनि लोकतन्त्रको विकल्प अरु हुनै सक्दैन । हामीले यसलाई नै आत्मसात गर्दै यसका विकृत पक्षलाई न्युनीकरण गर्न सक्नुपर्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख १३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?