फाइद लिन सक्ने कूटनीति- सम्पादकलाई चिठी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फाइद लिन सक्ने कूटनीति

कान्तिपुर संवाददाता

काठमाडौँ — टीका ढकालको ‘विदेश नीतिमा गतिशील तटस्थता’ सँंग म सहमत छु  । एकखाले तटस्थता हुन्छ, जसमा नेपाल पहिलो शीतयुद्धका बेला थियो  ।

त्यसमा कुनै पनि विश्व घटना वा विश्व मञ्चमा नेपाल अलग रहन्थ्यो । अर्को खाले गतिशील तटस्थता हुन्छ, जसमा नेपालले विश्वको हरेक मञ्चमा आफ्नो पक्षलाई जोडदार रूपले प्रस्तुत गर्छ । पहिलो शीतयुद्धका प्रतिस्पर्धीबाट हामी टाढा बसेका थियौं । अब प्रतिस्पर्धीहरू हाम्रो आंँगनमै आइसकेका छन् । हामीले यसमा डराउनुपर्ने कुनै कारण छैन । पहिले भारतको दबदबाबाट हामी चेपिएका थियौं । अमेरिकाले पनि भारतको आँखाबाटै हामीलाई हेर्ने गर्थ्यो । तर जब चीनले नेपालमा बीआरआईद्वारा प्रवेश गर्‍यो, तब अमेरिका तात्यो र उसले पनि इन्डो–प्यासिफिकमा हामीलाई सामेल गर्‍यो । ठीकै छ, तर हामीलाई दुवैबाट फाइदा लिन सक्ने कूटनीति चाहियो । चीनले यहाँ ४० अर्ब डलर लगानी गर्छ भने अमेरिकाले ५० अर्ब डलर । सावधानी यही राख्नुपर्छ— हामी ऋणमा नडुबौं ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : फाल्गुन २३, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

मधेसमा पानी भण्डारण

कान्तिपुर संवाददाता

काठमाडौँ — तुलानारायण साहद्वारा सम्प्रेषित आलेखमा सुक्दै गएको पानीको स्रोत आजको चिन्ता भोलिको चुनौती रहेको उल्लेख छ  । हाम्रा नदीहरू उत्तरबाट दक्षिणतर्फ बग्ने गरेका छन्  ।

वर्षायाममा नेपालका सबैजसो नदी भरिभराउ हुने तथा सुक्खायाममा सुक्ने गर्छन् । तर यही पानी भण्डारण गर्न नसक्दा पहाड लगायत तराईमा पानीका मुहान सुक्न थालेका छन् । प्राकृतिक सम्पदाले भरिएको हाम्रो भौगोलिक बनावटलाई पहिचान गर्न नसक्दा पानी खेर गइरहेको छ । चुरे दोहन बढ्दै गइरहेको छ । वर्षायामको पानी भण्डारणको उपाय सबै ससाना नदीहरूमा ‘बराज’/बांँध हो । यसबाट आवश्यकता अनुसार पानीको बहाव हेरेर बाँंधको द्वार खोल्न र बन्द गर्न सकिन्छ । यसबाट वर्षाको पानी भण्डारण गरी सुक्खा मौसममा सिंचाइमा उपयोग गर्न सकिन्छ, कुनै पनि ठाउँको पानीको स्रोत सुक्न पाउँदैन । नदीबाट ढुंगा, गिट्टी उत्खनन गरी प्राकृतिक सम्पदा दोहन भइरहेको छ । ‘बराज’ निर्माण गर्दा ढुंगा, गिट्टीको चोरी–निकासी रोकिनुका साथै भण्डारण गरिएको पानीमा पर्यटन व्यवसाय पनि सञ्चालन गर्न सकिन्छ, तराईका अधिकांश कृषियोग्य जग्गा आकाशे पानीको भर पर्नुपर्ने अवस्था आउँदैन र कृषिमा क्रान्ति ल्याउन सकिन्छ ।
– प्रमोद पौडेल, वीरगन्ज

प्रकाशित : फाल्गुन २३, २०७५ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×