कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मधेसमा पानी भण्डारण

कान्तिपुर संवाददाता

काठमाडौँ — तुलानारायण साहद्वारा सम्प्रेषित आलेखमा सुक्दै गएको पानीको स्रोत आजको चिन्ता भोलिको चुनौती रहेको उल्लेख छ  । हाम्रा नदीहरू उत्तरबाट दक्षिणतर्फ बग्ने गरेका छन्  ।

वर्षायाममा नेपालका सबैजसो नदी भरिभराउ हुने तथा सुक्खायाममा सुक्ने गर्छन् । तर यही पानी भण्डारण गर्न नसक्दा पहाड लगायत तराईमा पानीका मुहान सुक्न थालेका छन् । प्राकृतिक सम्पदाले भरिएको हाम्रो भौगोलिक बनावटलाई पहिचान गर्न नसक्दा पानी खेर गइरहेको छ । चुरे दोहन बढ्दै गइरहेको छ । वर्षायामको पानी भण्डारणको उपाय सबै ससाना नदीहरूमा ‘बराज’/बांँध हो । यसबाट आवश्यकता अनुसार पानीको बहाव हेरेर बाँंधको द्वार खोल्न र बन्द गर्न सकिन्छ । यसबाट वर्षाको पानी भण्डारण गरी सुक्खा मौसममा सिंचाइमा उपयोग गर्न सकिन्छ, कुनै पनि ठाउँको पानीको स्रोत सुक्न पाउँदैन । नदीबाट ढुंगा, गिट्टी उत्खनन गरी प्राकृतिक सम्पदा दोहन भइरहेको छ । ‘बराज’ निर्माण गर्दा ढुंगा, गिट्टीको चोरी–निकासी रोकिनुका साथै भण्डारण गरिएको पानीमा पर्यटन व्यवसाय पनि सञ्चालन गर्न सकिन्छ, तराईका अधिकांश कृषियोग्य जग्गा आकाशे पानीको भर पर्नुपर्ने अवस्था आउँदैन र कृषिमा क्रान्ति ल्याउन सकिन्छ ।
– प्रमोद पौडेल, वीरगन्ज

प्रकाशित : फाल्गुन २३, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?