सरकारको कञ्जुस्याइँ

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अहिले संघीय निजामती सेवा विधेयक प्रधिनिधिसभामा पेस गरेको छ  । तर २०६९ सालमा नै निजामती कर्मचारीहरूको उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने कुरा भएको थियो  ।

तर उसबेलादेखि चर्चामा आएको ५८ देखि ६० वर्ष पुर्‍याउने विषय संघीय संसदमा सरकारले पक्कै पेस गरेको होला भनेको थिएँ, तर सरकारले कञ्जुस्याइँ गरेछ । सांसद कृष्णभक्त पोखरेलले निजामती कर्मचारीले अवकाश पाउने उमेर ५८ लाई ६० वर्ष पुर्‍याउन संशोधन दर्ता गराएका रहेछन् । निजामती कर्मचारीहरूको तर्फबाट उनलाई हार्दिक धन्यवाद दिनुपर्छ । उक्त संशोधन प्रस्तावले निजामती कर्मचारी क्षेत्रमा ठूलो राहत महसुस हुनेछ । ५८ लाई ६० वर्ष पुर्‍याउन जरुरी छ । अर्को प्रतिनिधिसभा र राष्ट्रियसभाले सर्वसम्मतिबाट संघीय निजामती ऐन पारित गरोस् । त्यस ऐनमा कर्मचारीहरूको अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याइयोस् ।
–हर्कनारायण श्रेष्ठ, त्रियुगा नपा–१०, उदयपुर

प्रकाशित : फाल्गुन १५, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?