कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सरकार भेनेजुएलाको कित्तामा !

काठमाडौँ — ‘अमेरिकाद्वारा सरकारको धारणा माग’ कान्तिपुरमा प्रकाशित समाचार पढियो ।

यो समाचार सार्वजनिक भएपछि वास्तवमा कहीं नभएको जात्रा हाँडीगाउँमा भनेझैं सत्तापक्षका अध्यक्षद्वयका पृथक–पृथक धारणा सार्वजनिक भएको देखियो । राजनीतिक माहोल तातेको छ ।

केही दिनअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन गर्दै अमेरिका लगायत पक्षधर राष्ट्रहरूको विरोधमा नेपालको सरकारी नेतृत्व तहबाट नै जारी भएको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको अमेरिकाले उल्लेखित विषयमा नेपाल सरकारको आधिकारिक धारणाबारे आग्रहसहित कारण माग गरेको छ । अहिले भेनेजुएला आर्थिक रूपमा जर्जर र राजनीतिक रूपमा अप्ठ्यारो परिस्थितितिर ढलपल हुँदै कहालीलाग्दो अवस्थामा पुगेको छ । त्यस मुलुकमा विकसित संकटलाई लिएर विश्व महाशक्तिराष्ट्रहरू दुई कित्तामा विभाजित भएका छन् ।

एकातिर अमेरिका र उसका समर्थक मुलुकहरूले त्यहाँका राष्ट्रियसभाका अध्यक्ष जुवान गुइडोले निर्वाचित मडुरोलाई अपदस्थको शैली अपनाई आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकामा समर्थन जनाएका छन् भने निर्वाचित मडुरोको समर्थन गर्दै अमेरिकी हस्तक्षेपको विरुद्ध नेपालको सरकारी पक्ष उभिएपछि वास्तविकता बुझ्न नेपालस्थित अमेरिकी दूतावासले सरकारका नाममा पत्राचार गरेको हुनुपर्छ भन्ने बुद्धिजीवीहरूको बुझाइ छ ।

यद्यपि भेनेजुएलामा जे राजनीतिक माहोल बनेको छ, त्यसमा बोल्नु र विरोध गर्नुपर्ने/नपर्ने जस्ता सवाल भए पनि लहड र कुनै स्पष्ट कारण नभई एकजना सांसदकै लहड र मजाकमा सरकारी कित्ताबाट विज्ञप्ति प्रकाशित गरी बोलिहाल्नु उपयुक्त होइन ।

–श्यामसुन्दर कुइकेल, हाडीगाउँ, काठमाडौं

प्रकाशित : माघ १६, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?