बन्द होइन, निगरानी आवश्यक

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘काठमाडौंमा मोटरसाइकल र स्कुटरमा यात्री ओसारपसार गर्न रोक’ समाचारले दु:ख लागेको छ । जताततै जामका कारण समयमा कहिल्यै पुग्न सकिन्न । बाइकले १०० मा पुर्‍याउने ठाउँमा ट्याक्सीले ४०० भन्छ । सबै ठाउँमा पुग्न सकिन्न ।

बाइकले २० मिनेटमा पुर्‍याउने ठाउँमा ट्याक्सीमा एक घन्टा लाग्छ । एक जनाको लागि छिटोछरितो र गल्लीमा पुग्ने साधन भनेको बाइक हो । यस सेवालाई बन्द गर्दा एक्लै हिँड्ने मानिसलाई १०० ले पुग्ने ठाउँमा ५०० खर्च हुनेछ । निम्न आय भएकालाई मर्का पर्छ । बाइक चलाउने पनि निम्न आय भएका नै हुन् । त्यसैले बन्द होइन, कानुनी दायरामा राखेर यो सेवालाई निरन्तरता दिइओस् ।

– रेवतीप्रसाद सुवेदी, थाक्रे–१०, धादिङ

प्रकाशित : माघ ३, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश प्रमुखलाई कारबाही

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘प्रदेश प्रमुख कालोसूचीमा’ समाचार पढेपछि इमानदारी, लगनशीलताभन्दा छलकपट, गुन्डागर्दी, भ्रष्टाचारीले देशलाई नेतृत्व दिइरहेको छ । सोझा जनता उनीहरूको चक्रव्यूहमा फँसिरहेका छन् ।

प्रदेश प्रमुख विगत २८ वर्षदेखि कालोसूचीमा रहँदारहँदै गरिमामय पदमा नियुक्त गर्ने निकाय बेकम्मा हो । संविधानमा प्रस्ट रूपमा धारा १६४ मा प्रदेश प्रमुखको योग्यता उल्लेख हुँदाहुँदै नियुक्त गर्नु संविधानको उल्लंघन गर्नु हो । राज्यले नै संविधान मान्दैन, कानुन विपरीत कार्य गर्छ भने अरूको के कुरा ? मल्ल समूहले ५२ परिवारको जग्गा प्रयोग गरी आफ्नो उद्देश्य परिपूर्ति गर्दा २८ वर्षसम्म सम्बन्धित निकायले के हेरेर बस्यो ? अब जतिसक्दो चाँडो कानुनी राज्य छ भन्ने महसुस गराउने हो भने प्रदेश प्रमुखबाट बर्खास्त गरी उक्त लाई कानुनी कठघरामा उभ्याउनुपर्छ ।
– एचपी अधिकारी, रत्ननगर नपा–१६, चितवन

प्रकाशित : माघ ३, २०७५ ११:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×