राज्यनिर्माताको अवमूल्यन 

काठमाडौँ — गणतन्त्रपछिका हरेक पुस २७ गते तिरस्कृत छ, राज्यसत्ताबाट । आलोचित छ, केही कथित बौद्धिक वर्गबाट । तर त्यसभन्दा बढी सम्मानित छ, नेपाली नागरिको तर्फबाट । पृथ्वी जयन्ती ।

सार्वभौमसत्ताको अभावमा रहेका धेरै टुक्रे राज्यलाई एउटै सार्वभौमसत्ता सम्पन्न राज्यमा रूपान्तरण गर्ने श्रेय जान्छ, पृथ्वीनारायण शाहलाई । त्यसैले हरेक पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउँदै आइएको थियो, दोस्रो जनआन्दोलनसम्म । जब देशमा गणतन्त्र आयो, तब कस्तो चस्मा लगाएर हो, सबै राजामहाराज र राज्यनिर्मातालाई एउटै देखे राज्य सञ्चालकहरूले । गणतन्त्र आएपछि एकाएक हिरोलाई जिरोमा परिणत गरियो । उनलाई सामन्तवादको प्रतीक सम्झी सालिकहरू ढालियो । शक्तिकेन्द्रको आडमा उनलाई नागरिकको मनबाट नै मेटाउने दुस्साहस गरियो ।


पृथ्वीनारायण शाहले निर्माण गरेको राज्यको छातीमा बसेर उनैलाई लात मार्न कसरी सकेका हुन्, हाम्रा नेताहरूले ? नेपाललाई सधैंभरि अस्थिर बनाइराख्ने देशभित्रका तथा बाहिरका समूहलाई राज्यको तर्फबाट पृथ्वीनारायण शाहलाई सम्मान दिएको मन पर्दैन । किनकि उनलाई सम्मान दिनु भनेको नेपाल देश छ र रहिरहन्छ भन्ने सन्देश हो । सरकारले पुस २७ गतेलाई एकता दिवस मनाउने कार्य गरोस् ।

– शिवराज बराल, पुम्दी–भुम्दी, कास्की

प्रकाशित : पुस २८, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?