२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेपाली कामदार जापान जाने

काठमाडौँ — परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा २ दिने नेपाल भ्रमणमा आएका जापानका विदेशमन्त्री तारो कोनोले नेपाल–जापान सिधा हवाई उडान र दुईपक्षीय परामर्श बैठकसम्बन्धी विषयमा संयुक्त हस्ताक्षर गरे ।

विदेशमन्त्री कोनोले नेपालको यातायात, राजमार्ग र कृषि क्षेत्रमा सहयोग गर्ने वचनबद्धतासाथै नेपाली कामदारलाई जापानमा सरकारी तवरमै पठाउने सम्झौता गर्न एउटा टोली शीघ्र नेपाल पठाउने आश्वासन दिएको सुखद कुरा सुन्नमा आयो । आफ्ना समकक्षीसँंगको औपचारिक बैठकपछि जापानका विदेशमन्त्री, प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गरी स्वदेश फर्किएका थिए । विदेशी पाहुनाको औपचारिक भ्रमणमा सरकार, राष्ट्रप्रमुख र प्रतिपक्षी नेतासँंगको भेटघाट नियमित कार्यक्रमको अंग हुन्छ । तर यो भ्रमण प्रतिपक्षी नेतासंँग भेटघाट बिनै सम्पन्न भएकै हो र ? या विदेशी पाहुनासंँगको कुरा गोप्य राख्न सरकारले प्रतिपक्षी नेतालाई भेटाएन ?

– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : पुस २८, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?