वाइड बडी खरिदमा घोटाला

काठमाडौँ — पुस १६ गते प्रकाशित ‘वाइड बडीमा साढे ३ अर्ब बढी मूल्य’ समाचार पढ्दा उदेक लागेर केही प्रश्न तेस्र्याएको छु । किनभने नेपाल वायुसेवा निगमले दुइटा वाइड बडी खरिद गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानबाट करिब साढे ३ अर्ब बढी खर्च भएको देखियो ।

आशयपत्र जारी गरेपछि ११ बटा कम्पनीले पेस गरेका प्रस्ताव मूल्याङ्कनका क्रममा सन् २०१६ को आधारभूत मूल्य करिब ९ करोड अमेरिकी डलर निर्धारण गरेकोमा निगमले करिब ११ करोडका दरले दुइटाका लागि करिब २२ करोड डलर भुक्तानी गर्‍यो । एयरबसले पठाएको मूल्यसूची र भुक्तानी हेर्दा कम्तीमा साढे ३ अर्बको चलखेल भएको देखिन्छ । अत: एयरबसले पठाएको पत्र

गोप्य राखिएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिन विवरणसंँग संसदको सार्वजनिक लेखा समिति र महालेखा परीक्षणको मूल्याङ्कन प्रतिवेदनसँंग मेल खाएको छ । विभिन्न कम्पनीका प्रस्ताव मूल्याङ्कन क्रममा १० करोड ४० लाख डलरमा मात्र विमान खरिद सम्झौता भए पनि मूल्य समायोजनका नाममा विना औचित्य ४० लाख डलर भुक्तानी गर्नु भ्रष्टाचार हो । विमान अवतरण गर्दाको दृश्यले नै घोटाला छर्लङ्ग देखिएको थियो ।

– गंंगाराज अर्याल, पाणिनि–८, पाली, अर्घाखाँची

प्रकाशित : पुस १८, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?