रहर होइन, बाध्यता

काठमाडौँ — जापान सरकारले ४० हजार कामदार लाने भन्ने समचार पत्रपत्रिकामा आउने बित्तिकै हाम्रा देशका युवायुवतीहरूमा एक प्रकारको खुसी छाएको छ । खुसी पनि किन नछाओस् ? अरब तथा खाडी मुलुक गएर दिक्क भएका युवायुवतीले जापानजस्तो विकसित मुलुकमा काम गर्न जान पाउने भए ।

जापान सरकारले माग गरिरहेको छ, तर हाम्रा देशका नेताले कुनचाहिँ मेनपावर कम्पनीलाई यसको जिम्मा दिने हो, थाहा छैन । सरकार † सोचविचार गर, कोरियाको जस्तै जापानमा पनि कम खर्चमा युवाहरूलाई रोजगारीका लागि पठाउने चाँजोपाँजो मिलाउ । मेनपावरलाई जिम्मा दिएर कमिसन खाने काम नगर । विदेश जानु कसैको रहर होइन, बाध्यता हो । विदेश नगएर पनि के गर्ने ? स्वदेशमा काम छैन । डिग्रीको सर्टिफिकेट लिएर अफिस–अफिस काम खोज्न जाँदा पनि काम पाइँदैन । पावर र पैसाबिना काम पाउनु भनेको दिवासपना मात्र हो । अनि विदेश नगए के गर्ने ?

– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : पुस १८, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?