कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पुराना बैंक सुध्रिने कहिले ?

काठमाडौँ — पुराना सरकारी नेपाल बैंक, कृषि विकास बैंक तथा राष्ट्रिय वाणिज्य बैंकमा ढिलासुस्ती, झमेला झेल्दै आएका छौं । पहिले संस्थाहरूको बचत खाता खोल्न पाइन्थ्यो । कुनै संस्थाको एउटा खाता बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हातामा रहेको बैंकमा थियो ।

पुराना बैंक सुध्रिने कहिले ?

लेनदेन चलिरहेकै थियो । केही दिनअघि चेक सकिएर नयांँ लिन जांँदा खाता तुरुन्त बन्द गरी चल्ती खोल्नु, आइन्दा बचतबाट कारोबार गर्न पाइन्न भनियो । यो–यो विवरण ल्याउनु र खातामा दस्तखत गर्ने सबैजना उपस्थित हुनु आदि भनियो । सम्बन्धित खाता भएको संस्थाको अनुरोधको एउटा चिर्कटो लिएर टिप्पणी लेखी बचतबाट चल्तीमा खाता रूपान्तरण बैंकबाटै गरिनुपथ्र्याे । हामी भनिएका कागजातसहित एउटा बाक्लो फाइलै खडा गरेर बैंक गयौं । तालुकवाला हाकिमकहांँ फाइल पुग्यो । ‘एकै बैंकभित्र भएकाले चेक काटेर झन्झट नगर्ने, आन्तरिक रकम स्थानान्तरण गर्ने भनेर तल भन्नुस्,’ हाकिमले भने । फाइल पुन: फांँटमा आयो, तब कर्मचारीले ‘हुंँदैन चेक लेख्नुस्’ भने । चेकका सबै पन्ना प्रयोग भइसकेका थिए । ‘यो फारम भर्ने, काउन्टरमा गएर एक पन्ना चेक लिने र भर्ने, त्यो नभई हुंँदैन’ भनेर उनी कडकिए ।
फारम भरेर फांँट हुँदै पुन: हाकिमसम्म पुग्यौं । उनले पुन: ‘यो किन आवश्यक पर्‍यो ?’ भनी सोधे । कारण बतायौं । ‘ल त्यसै गर्नुस् त’ उनले भने । चेकमा फेरि सबैको दस्तखत अनिवार्य चाहिने भयो । यति काम गर्न ३ घण्टा लाग्यो ।


त्यहीं भित्रका ४ वटा इकाइ धाउनुपर्‍यो । के यो स्थितिलाई परिवर्तन गर्न सकिन्न ?
– मुरारिविनोद पोखरेल
हात्तीगौंडामार्ग, काठमाडौं

प्रकाशित : भाद्र २२, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?