१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रहरीप्रतिको भरोसा नगुमोस्

काठमाडौँ — १ महिना बितिसकेको छ, कञ्चनपुर अशान्त भएको । त्यहाँका नागरिकको एउटै आवाज सडकमा उर्लिएको छ । निर्मला हत्याका दोषीलाई कानुनको कठघरामा ल्याई कारबाही हुनुपर्‍यो । पीडित परिवारले न्याय पाउनुपर्‍यो । यो माग कसरी नाजायज हुनसक्छ ? एउटी किशोरीको सामूहिक बलात्कारपछि हत्या गरिएको छ ।

प्रहरीप्रतिको भरोसा नगुमोस्

देशैभरिबाट न्यायका लागि आवाज उठिरहेको छ । अर्कोतर्फ प्रहरी गल्तीमाथि गल्ती गर्दैछ । सडकमा उठेको आवाज दबाउने क्रममा अर्को बालकको जीवन समाप्त भएको छ । पीडित परिवारका सदस्य प्रहरीसँग न्यायका लागि बारम्बार आग्रह गरिरहेका छन् । प्रहरी भने घटनाको अनुसन्धानको पहिलो खुड्किलो पनि पार गर्न नसकेर पीडित परिवारतर्फ नै फर्किरहेको छ । यसले समाजमा प्रहरीतर्फ नै औंला उठाउन बाध्य बनाउँछ नागरिकहरूलाई । प्रहरी कसका लागि हुन् ? प्रहरी हत्याराका लागि, प्रहरी शासनसत्तामा बस्नेका लागि या अन्यायमा परेका पीडित नागरिकका लागि ? कञ्चनपुरमा प्रहरीको व्यवहार शंकास्पद देखिएको छ । सरकारले अब शून्यबाट अनुसन्धान सुरु गर्दै पीडितलाई न्याय दिलाउने भनेको छ । यस क्रममा यदि सरकारी पक्षबाट गल्ती भएको छ भने संलग्नहरू दोषी नै हुन् । तिनीहरूले पनि सजाय पाउनुपर्छ, अन्यथा समाजमा प्रहरी प्रशासनको उपस्थिति आम नागरिकका लागि त्यो एउटा धमिलो छायामात्र हुनेछ ।
– रामकृष्ण बराल
जोरपाटी–२, काठमाडौं

प्रकाशित : भाद्र १२, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?