१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नक्कली नागरिकतामा तिब्बतीलाई मुद्दा

कान्तिपुर संवाददाता

दोलखा — जिरी गाविसलाई स्थायी ठेगाना उल्लेख गरी नेपाली नागरिकता लिएकी एक तिब्बती युवतीविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । २६ वर्षीया याङदोङलाई नक्कली नागरिकता र राहदानी बोकेको आरोपमा अध्यागमन विभागले दुई साताअघि काठमाडौंमा पक्राउ गरेको थियो ।

विभागले झन्डै दुई साता थुनामा राखेर ती युवतीलाई दोलखा प्रहरीमा बुझाएको हो ।

काठमाडौं जिल्ला अदालतले जाली राहदानीअन्तर्गत सजाय र जरिवाना तोकेकी ती युवतीलाई प्रहरीसमक्ष बुझाउनुपर्नेमा विभागले फागुन १७ देखि हिरासतमा राखेको हो । नेपाली बनेर स्वीट्जरल्यान्डका नागरिकसँग बिहे गरेकी उनलाई त्यहाँको सरकारले दुई वर्षपछि फिर्ता (डिपोर्ट) गरेको थियो ।

नेपाल मानव अधिकार संगठनले याङदोङलाई गैरकानुनी थुनामा राखेको भन्दै काठमाडौं जिल्ला अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो ।

प्रकाशित : फाल्गुन २७, २०७३ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?