२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रारम्भिक बालविकासको सिकाइमा सविताको नयाँ खुराक

काठमाडौँ — मनोविज्ञानले भन्छ, जे देखे पनि त्यसबारे जान्न खोज्ने स्वभाव बच्चाहरुमा हुन्छ जो ज्ञान अन्वेषणको मुख्य आधार हो । यस्तै स्वभाव सानी बालिका कार्याको पनि छ जो जंगली जनावरहरु कस्ता हुन्छन् भन्ने सोधेर हजुरबालाई हैरानी पार्छिन् ।

प्रारम्भिक बालविकासको सिकाइमा सविताको नयाँ खुराक

हात्ती यस्तो हुन्छ र उस्तो हुन्छ भनेर हाउभाउ लगाउनुभन्दा नातिनीलाई लगेर देखाउनै राम्रो भन्ने हजुरबाको चाहना छ । त्यसैले उनी कार्यालाई जंगल लग्छन् र आफैं हेर्न भन्छन्, कस्ता छन् हात्ती र अरु जनावर । सानी कार्याले ठूलो रहस्य सुल्झाएजस्तो आनन्द भेट्छिन् आफैं जंगल घुम्दा ।

‘सिकाइको प्रभावकारीता भन्नु भन्दा हेर्नु र गर्नुमा ज्यादा सघन हुन्छ भन्ने कथन कार्याको अनुभवले पुष्टि हुन्छ’ प्रारम्भिक बालविकास विज्ञ सविता खनाल भन्छिन्, ‘हामी अभिभावक बालबालिकालाई अक्सर देखाउन र आफैं गराउनभन्दा यस्तो र उस्तो भनेर सिकाउनमा ज्यादा अघि सर्छौं जसले सिकाइमा हुने आनन्दलाई मार्छ ।’

सिक्नु आफैंमा आनन्दपूर्ण काम हो र सिकाइको ढाँचा आनन्द आउने गरी नै तयार पार्नुपर्छ भन्ने बालविकास शिक्षण पद्दतिबारे तालिम दिने र योजनाहरु बनाउने पुरानो ढाँचालाई सविताले यसपटक नयाँपन दिएकी छन्, कार्याजस्ता पात्रहरु खडा गरी तिनलाई कथाको संसारमा उतारेर । हालै प्रकाशित ‘कार्याको जंगल यात्रा’ उनको त्यही नविन प्रयास हो जसमा सानासाना ९ वटा बालकथाहरु सचित्र रुपमा पढ्ने सुविधा छ ।

प्राथमिक सिकाइका अभ्यासहरुमा नीतिकथाहरु हराउँदै गएको सवितालाई मन परेको छैन । त्यसैले, कथाहरुमार्फत बालबालिकालाई कुनै नयाँ पाठ सिकाउने र नीतियुक्त ज्ञानहरु दिनु पर्ने इरादाका साथ कथाहरु लेखेकी छन् उनले । पुस्तक इटर्नल पब्लिकेसन्सले प्रकाशित गरेको हो ।

प्रकाशित : पुस ८, २०८० १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?