२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

'जान'लाई जापानको 'फरेन मिनिस्टर्स कोमेन्डेसन अवार्ड'

काठमाडौँ — जापानको परराष्ट्र मन्त्रालयले जाइका अलमनाई एसोसिएसन (जान) लाई सन् २०२३ को 'फरेन मिनिस्टर्स कोमेन्डेसन अवार्ड'  प्रदान गरेको छ ।

'जान'लाई जापानको 'फरेन मिनिस्टर्स कोमेन्डेसन अवार्ड'

जापानी दूतावासले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त अवार्ड नेपालका लागि जापानी राजदूत युताका किकुताले जानका अध्यक्ष रामचन्द्र भुसाललाई हस्तान्तरण गरे ।

उक्त अवसरमा राजदूत युताकाले जापान सरकारबाट दिइने महत्वपूर्ण पुरस्कार प्राप्त गरेकोमा धन्यवाद दिए । उनले जानले नेपाल र जापान बीचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन लामो समयदेखि निरन्तर रुपमा उल्लेखनीय योगदान गरेको पनि बताए ।

अध्यक्ष भुसालले जानले नेपाल र जापानको मैत्री सम्बन्धलाई कायम गर्न, जापानी प्रविधिहरु नेपाल भित्र्याउन र दुई देश बीचका जनताको सुखदु:खमा समेत मैत्री पुलको रुपमा लामो समयदेखि भूमिका खेल्दै आइरहेको उल्लेख गरे । उनले त्यसैलाई कदर गरेर अवार्ड दिएकोमा जापान सरकारलाई धन्यवाद पनि दिए ।

प्रकाशित : पुस ६, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?