प्राध्यापक वाग्लेलाई पितृशोक- अन्य - कान्तिपुर समाचार

प्राध्यापक वाग्लेलाई पितृशोक

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक अच्युत वाग्लेलाई पितृ शोक परेको छ ।

उनका बुवा ८४ वर्षीय विष्णुप्रसाद वाग्‍लेको आइतबार निधन भएको हो । उनी दम रोगले पीडित थिए ।

वाग्लेका ४ छोराहरू छन् ।

प्रकाशित : पुस १७, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरमाथि काठमाडौंको प्रभावशाली जित

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं नाइट्सले नेपाल टी–२० मा जनकपुर रोयल्समाथि आइतबार ९० रनको प्रभावशाली जित निकालेको छ । टीयू मैदानमा १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा अलआउट हुनु अगाडि ९० रन मात्र बनाउन सक्यो ।

त्यसमा प्रारम्भिक ब्याटनर अरफुदिन असरफको ३३ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । काठमाडौंका लागि अविनाश बोहराले चार तथा अजमतुल्लाहम उमरजाईले दुई विकेट लिए ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको काठमाडौंले छ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । त्यसमा सुनाम गौतमले ४७ बलमा ६२ रन बनाए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे । यस्तै, रायन बर्लले ६१ रन बनाए र नटआउट रहे ।

प्रकाशित : पुस १७, २०७९ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×