विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा सहयोग- अन्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा सहयोग

कान्तिपुर संवाददाता

चितवन — चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय आलडाडाँका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा सहयोग गरिएको छ ।

राउन्ड टेबल नेपाल र फोर्टी वान क्लब नेपालले संयुक्तरुपमा ९१ जना विद्यार्थीलाई उक्त सामग्री सहयोग गरेको हो । विद्यार्थीलाई टोपी, ट्र्याकसुट, कपीलगायत खेलकुद सामग्रीसमेत वितरण गरिएको राउन्ड टेबल क्लब नेपालले जनाएको छ ।


प्रकाशित : पुस ५, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्

नेले बजारको आगलागी निभाइयो, ४ घर जलेर नष्ट

आगलागीबाट करोडौंको क्षति भएको बताइएको छ ।
भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ स्थित नेले बजारमा लागेको आगलागी दमकलको सहायताले नियन्त्रणमा लिइएको छ ।

अपराह्न ४ बजेबाट सुरु भएको आगलागीबाट नेले बजारका ४ घर पूर्ण रुपमा जलेपछि सोलुदुधकुण्ड नगरपालिकाबाट पुगेको दमकलले आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको छ ।

स्थानीय बुद्धि बहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, गणेश बस्नेत र रमेश बस्नेतको घर पूर्ण जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुनिलजंग शाहाले जानकारी दिए । चार घरमा रहेका २ वटा मोबाइल पसल र आधा दर्जन फेन्सी तथा किराना पसलहरू जलेर नष्ट भएको डीएसपी शाहाले बताए ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गरी करिब १ सय जना शुरक्षाकर्मीहरु परिचालित थिए ।

स्थानीय र जनप्रतिनिध समेतको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट करोडौंको क्षति भएको र यकिन विवरण मुचुल्का उठाइसकेपछि मात्रै प्राप्त हुने अगो नियन्त्रणमा खटिएका प्रहरी निरीक्षक अनिल मिश्रले बताए ।

प्रकाशित : पुस ५, २०७९ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×