कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औषधि व्यवसायीलाई रिफ्रेसर तालिम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल औषधि व्यवसायी संघ वाग्मती अञ्चल शाखाको आयोजनामा ललितपुरमा सात दिने रिफ्रेसर तालिम सुरु भएको छ ।

औषधि व्यवसायीलाई रिफ्रेसर तालिम

तालिममा उपत्यकासहित विभिन्न शाखाबाट १ सय ५० जना सहभागी भएको शाखाका कार्यवाहक अध्यक्ष ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । २०५४ सालदेखि रोकिएको तालिम तीन वर्षअघि पुनः सुरु भएको थियो ।


औषधि व्यवस्था विभागका कामु महानिर्देशक पानबहादुर क्षेत्री, संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठलगायतले व्यवसायीलाई समयसापेक्ष बनाउन तालिम गरिएको बताए ।


संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई सरकारकै १० वटा ईकाईले अनुगमन गरेर दुःख दिएको भन्दै असन्तुष्टि जनाए ।

प्रकाशित : कार्तिक २३, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?