अर्याल र सेजनलाई एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — गैर आवासीय नेपाली संघले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

गैरआवासीय नेपाली संघका तर्फबाट प्रवक्ता भुषण घिमिरद्वारा शनिबार जारी वक्तव्यमा ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९’ अर्याल र सेजन लाई दिने निर्णय सार्वजनिक गरेका हुन् ।


गैरआवासीय नेपाली संघ बेलायतको सक्रियाता स्थापित पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एक/एक जना पत्रकार तथा संस्थालाई प्रदान गरिदै आएको छ ।


पुरस्कार काठमाडौंमा आयोजना हुने एनआरएनएको नवौं विश्व सम्मेलनको समापनका अवसरमा प्रधानमन्त्री केपी ओलीले प्रदान गर्नेछन् ।

प्रकाशित : आश्विन २५, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?