कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएन मलेसियाको अध्यक्षमा भट्टराई 

काठमाडौँ — एनआरएन मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत चयन भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा क्रमश: सुन्दर आले र ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्षमा सुभद्रा लिंङ्देन, महासचिवमा हेमराज सापकोटा, सचिवमा रन्जित क्षेत्री र नेत्र केसी, कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा रबिलाल अधिकारी सर्वसम्त रुपमा चयन भएका छन् । 

एनआरएन मलेसियाको अध्यक्षमा भट्टराई 

अध्यक्ष पदमा चुनिएसँगै भट्टराईले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । उनले मलेसियामा कार्यरत श्रमिकहरुलाई लक्षित गरी श्रमिक कल्याणकारी कोषको स्थापना गर्ने, संघको आफ्नै कार्यालय स्थापना, कार्यविधि निर्माण गर्ने ,मलेसियमा कार्यरत संघ/संस्थाहरुसँग सहकार्य गर्ने, संगठन बिस्तार, संस्थाका गतिविधिका बारेमा जानकारी दिने, अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने लगायत छन् ।


यस्तै अध्यक्ष भट्टराईले नेपाल र मलेसियाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने काम गर्ने, भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : भाद्र २, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?