कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गरिब दासीय प्रधानाचार्यको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — हिन्दू पद्धतीमा गरिब दासीय सम्प्रदायका प्रधानाचार्य महामण्डलेश्वर डा.श्यामसुन्दर दास शास्त्रीको ९८ वर्षको उमेरमा बुधबार राति हरिद्वार आश्रममा निधन भएको छ । 

गरिब दासीय प्रधानाचार्यको निधन

भारतमा बसेर संस्कृत विषयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संरक्षण संस्था नेपाली छात्र परिषद्का संरक्षक शास्त्री हरिद्वारमा गरिब दासीय विद्यालय, धर्मशाला आदि सामाजिक निकायका संस्थापक हुन् ।


हरिद्वारस्थित नेपाली समाजका अभियन्ता पुष्पराज पाण्डेयका अनुसार, हरिद्वार–ऋषिकेशस्थित नेपाली समाजले बिहीबार शास्त्रीको निधनमा शोकसभाको आयोजना गरेको थियो । शास्त्रीको बिहिबारै अन्तिम संस्कार सम्पन्न भएको छ ।


प्रकाशित : श्रावण १६, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?