कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लिपुलेक नपुग्दै वैद्य निकट विद्यार्थीहरु समातिए

‘लिपुलेक बचाऔँ’ अभियानले स्थानीयलाई सास्ती

दार्चुला — ‘लिपुलेक बचाऔँ’ अभियानमा आएका मोहन वैद्य निकट माओवादीका १० विद्यार्थीलाई भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा लिएको छ । उनीहरुलाई भारतीय सिमावर्ती बजार धारचुला घुम्न गएका बेला सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।

लिपुलेक नपुग्दै वैद्य निकट विद्यार्थीहरु समातिए

‘लिपुलेक बचाऔँ’ अभियानमा आएका मोहन वैद्य निकट माओवादीका १० विद्यार्थीलाई भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा लिएको छ ।
दार्चुला सदरमुकाम खलंगा पुगेका उनीहरुलाई भारतीय सिमावर्ती बजार धारचुला घुम्न गएका बेला सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो । ‘लिपुलेक हाम्रो हो’ अनेरास्ववियु क्रान्तिकारी लेखिएको टोपी लगाएका उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
अभियानमा आएका माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालसहित विद्यार्थी नेताहरु खगेन्द्र कँडेल, सन्दिप गौतम, शिव गौतम, सुशील बस्नेत, दिनेश जमकट्टेल, सुदर्शन पौडेल, पुजन खनाल, मोहन आचार्य र अंकित तिवारी पक्राउ परेका हुन्।
स्थानीयलाई सास्ती
अखिल क्रान्तिकारीले ‘राष्ट्रियता बचाऔँ’ अभियान चलाउदा दार्चुलासँग भारतीय सीमा नाका जोडिएका क्षेत्रका स्थानीयले भने सास्ती खोप्नुपरेको छ ।
भारतले कालापानी क्षेत्रमा थप सुरक्षा फौज परिचालन गरेको छ । जिल्ला सदरमुकामसँग जोडिएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा समेत भारतपट्टी भारतीय सुरक्षाकर्मीहरुले चेक जाँचमा कडाई गरेका छन् ।
जिल्लाका उत्तरी भेगका भारतसंग सीमाना जोडिएका गाविसका स्थानीयले भारतीय सुरक्षाकर्मीहरुको दुव्र्यवहार खेप्नुपरेको छ । भारतसित सीमा जोडिएका हुती, धौलाकोट, सुन्सेरा, राप्ला र ब्यास गाविसका स्थानीयलाई आवतजावतमा समस्या भएको सुन्सेराका प्रमानन्द भट्टले बताए ।
सो क्षेत्रका स्थानीय वर्षातको समयमा नेपालतर्फको बाटो अवरुद्ध हुने तथा समयको पनि वचत हुने भएकाले भारतीय बाटोको प्रयोग गर्दै आएका छन् ।
गुञ्जी, कुटी, कालापानी, नाभी, बुदी, कालापानी लगायत क्षेत्रमा काम गर्ने नेपाली कामदारहरुलाई धारचुला फकाईरहेको छाङ्गरुका स्थानीय सुरेन्द्रसिह बोहराले बताए ।
सदरमुकामभन्दा माथिका भारतसित सीमा जोडिएका गाविसका स्थानीयले खलंगा आउन लगाईने तुईन पनि यही अगस्त महिनाको पहिलो सातादेखि कडाई गरेको सुन्सेराका स्थानीय हरकसिह विष्टको भनाई छ ।
‘माथिल्लो क्षेत्रमा काम गर्ने सम्पूर्ण नेपालीहरुलाई फकाइरहेको छ,’ बोहराले भने, ‘अगस्त सुरुदेखि नै सीमा क्षेत्रमा सुरक्षाकर्मी बढाएको छ, नेपालीहरुलाई आवतजावत गर्दा ४/५ दिन अघिदेखि नै खोज तलासी बढाएको थियो ।’



प्रकाशित : श्रावण २६, २०७२ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?