कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

संविधानमा कैदीलाई आम माफी माग्दै जुलुस !

काठमाडौ — मंगलबार काठमाडौंमा एउटा भिन्न किसिमको जुलुस र प्रदर्शन भयो । यसमा न त प्रदेशको माग गरिएको थियो न राज्यको । प्रदर्शनकारीको माग थियो - सम्पूर्ण कैदी बन्दीलाई आम माफी दिएर रिहा गर ।

संविधानमा कैदीलाई आम माफी माग्दै जुलुस !
प्रदेश सिमाङ्कनलाई लिएर देशका विभिन्न भागमा जुलुस तथा आन्दोलन भइरहेका छन् । कतै जिल्ला टुक्राएको भन्दै विरोध छ त कतै चाहेको जस्तो प्रदेश नबनेको । तर
देशभरका कारागारमा भएका कैदीलाई मानवता र मानव अधिकारका नाताले रिहा गर्नुपर्ने जुलुसमा माग गरियो । कैदी बन्दीहरुका आफन्त र परिवारजनले यो जुलुस निकालेका थिए । 
‘नयाँ संविधानमा सम्पूर्ण कैदी बन्दीलाई अाम माफी गर, बाँच्न पाउने अधिकारको सुनिश्चितता गर’ भन्दै प्रदर्शनी मार्गमा निस्किएको कैदी बन्दीहरूका आफन्तको जुलुस भृकुटीमण्डप परिसर पुगी कोणसभामा परिणत भएको थियो ।
















 
 
 

प्रकाशित : श्रावण २६, २०७२ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?