कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विवादित विषय पुनः संवाद समितिमा

संविधानसभा बैठक
राजेन्द्र फुयाल

काठमाडौ — संविधानसभाले संविधानका विवादित विषयलाई फेरि बाबुराम भट्टराई नेतृत्वको संवैधानिक-राजनैतिक संवाद तथा सहमति सहमतिमा पठाएको छ । सभाको मंगलबार बसेको बैठकले विवादित सबै विषयमा सहमति जुटाउन समितिलाई निर्देशन दिएको हो ।

विवादित विषय पुनः संवाद समितिमा

प्रमुख दल नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)बीच सोमबार अवेर राति संविधानका विवादित विषयमा १६ बुँदे सहमति भएपछि संविधान निर्माणको ढोका खुलेको छ । दलहरुबीच भएको सहमतिलाई संविधानसभामा प्रवेश गराउन संवाद समितिको बाटो रोजिएको हो । समितिको बैठक आजै साँझ ५ बजे बोलाइएको छ । यसअघी समितिमा सहमति नजुटेपछि विवादित विषयसं विधानसभामै पठाइएको थियो ।
अाजको बैठकमा सभामुख सुवास नेम्वाङले विवादित विषय संवाद समितिमा पठाउने गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । आजको संविधानसभा बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम(नेपाल), सदभावना, संघीय सदभावना सहितका मधेसी र जनजाति दलका सभासदहरु अनुपस्थित थिए ।



प्रकाशित : जेष्ठ २६, २०७२ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?