दलहरूबीच बाहिर घोचपेच, भित्रभित्र छलफल

काठमाडौ — एमाओवादीसहित विपक्षी मोर्चाले आन्दोलनको घोषणा त गर्यो, तर आन्दोलन सुरु भएको छैन । सत्तापक्षले बहुमतीय प्रकृया अघि बढाउन दबाव दिए पनि संविधानसभाको बैठक बोलाइएको छैन । सत्तापक्षले आन्दोलन स्थगित गर्न र विपक्षी मोर्चाले प्रकृया अघि नबढाउन गरेका दुवै बिषय यतिबेला निश्कृय अवस्थामा छन् ।

दलहरूबीच बाहिर घोचपेच, भित्रभित्र छलफल
दलहरुले खोजेकै जस्तो अवस्थामा पनि किन बार्ता हुन सकीरहेको छैन् त ? यसमा पनि दुवै पक्षमा आ-आफ्नै तर्क छन् । विपक्षी मोर्चाले एमालेको अनुदार शैली र कांग्रेसको आसन्न पार्टीको महाधिवेशनका कारण सहमतिका लागि वार्ता हुन नसकेको दाबी गर्दै आएको छ । सत्तापक्षले भने एमाओवादी आफ्नो पार्टी एकिकरण नहुँदा सम्म सहमतिका लागि गम्भिर नभएको तर्क गरेको छ ।  
कांग्रेस प्रवक्ता दिलेन्द्र बडुको भनाई भने अलि फरक छ । उनी दुवै पक्षका आ-आफ्ना स्वार्थ भनिए पनि आन्दोलन सुरु नहुदैको अवस्थामा सहमति जुटाउने गरी अनौपचारिक तहमा छलफल भइरहेको दावी गर्छन । उनका अनुसार यस्ता छलफल पार्टीको शिर्षस्थ दोस्रो तहसम्मका नेताहरुबीच भइरहेको छ । शुक्रबारै पनि कांग्रेस नेता एवं कानून मन्त्री नरहरी आचायको निवासमा एमाओवादी महासचिव कृष्णवहादुर महरासंग लामो छलफल भएको थियो । कानून मन्त्री आचार्य र वन मन्त्री महेश आचार्यले जेठ १५ मा संविधान जारी गरी सहमति गर्नेका लागि संघियताको बिषयमा विभिन्न विकल्पबारे छलफल चलाएका थिए । त्यस्तो अनौपचारिक छलफल सहमतिको विन्दुमा भने पुगी नसकेको बडु बताउँछन । भन्छन,'कांग्रेस र एमालेका नेताहरुले सयुक्त रुपमा यस्ता किमिसका छलफल अघि बढाइरहेका छन । अनौपचारिक तहमा भएको यस्तो छलफललाई एक साताभित्र औपचारिक बैठक बसेर सहमति गर्ने प्रयास भइरहेका छन् ।'
  एमाले उपाध्यक्ष भिम रावल भने दलहरुवीच कुराकानी मिलिहाल्ने अवस्थ्ाामा पुगिनसकेको बताउँछन । 'यही अवस्थामा सहमति हुने जस्तो देखिदैन' उनले भने,'अहिले संवादको अवस्था पनि छैन ।' एक साता अघि एमाले र एमाओवादी वीच बालकोटमा वार्ता भएको थियो । उक्त वार्तामा दुबै दल संविधान बनाउन प्रतिबद्ध रहदै आ-आफ्ना अडान प्रस्तुत गरेका थिए । 'बालकोट वार्तापछि  अन्य थप औपचारिक कुरा  भएको  छैन' भित्रभित्र छलफल भइरहेको छ भनिन्छ नि भन्ने जिज्ञासामा रावलले भने,'सहमति खोजौ मिलेर जाऔ भन्ने हो तर त्यसमा एमाओवादी लगायतका दलहरु नै तयार देखिएका छैनन् ।'
एमाले र एमाओवादीको वालकोट वार्तापछि प्रधानमन्त्री निवासमा प्रमुख चार पक्षको बैठक  बस्यो तर त्यहाँ दुवै पक्षका अडानले  संवाद नै टुटेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि प्रमुख दलहरुलाई आफ्नो कार्यकक्ष मै बोलाएर छिटो सहमतिमा पुग्न घच्घच्याए । कांग्रेस प्रवक्ता बडु संविधानसभा आफै सार्वभौम भएकाले बैठक कहिले बोलाउने भन्नेबारे संविधानसभाका अध्यक्षले निर्णय लिने बिषय भएको बताउदै प्रकृया स्थगित भएकै बेला सहमतिलाई प्राथमिकता दिइएको बताउँछन ।
'विवादका बिषय संघियतामात्रै हो । प्रकृया सुरु नहुँदा संघियतामा सहमति जुटाउने कुरालाई प्राथमिकता दिइएको छ' बडुले भने । नेताहरुले भित्र जे-जे भएको छ भनेपनि बाहिरी आवरणमा भने दुवै पक्ष  टसको मस छैनन् । त्यसैले  लामो समयपछि जोडिन लागेको दुई पक्षबीचको संवाद टुटेको अवस्था छ । दुबै पक्षबीच गत सात संवादको सुरुवात हुन थालेका थियो । तर एक-अर्को पक्ष लचक नभएकाले फेरी संवादविहिनताको जस्तो अवस्था आएको हो ।  दलहरुको पोजिसन हेर्दा संवाद भए पनि सहमति नै हुने अवस्था नरहेको नेताहरु बताउँछन् ।

प्रकाशित : चैत्र ६, २०७१ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?