कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनवीरलाई सहिद घोषणा नगरेसम्म संसद् चल्न नदिने दलित सभासद्हरुको चेतावनी

काठमाडौं — प्रमुख दलका दलित सभासद्हरुले कालिकोटमा चुल्हो छोएकै कारण हत्या गरिएका मनवीर सुनारलाई सहिद घोषणा नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।


राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा उनीहरुले सुनार हत्या काण्डका दोषिलाई कारबाही, राष्ट्रिय सहिद घोषणा, १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारको भरणपोषण र शिक्षाको ब्यवस्था नगरेसम्म कुनै हालतमा संसद चल्न नदिने र देशब्यापी सडक आन्दोलन गर्ने घोषणा गरे ।
एमाले सभासद् छविलाल विश्वकर्माले दलितको मर्यादा, धैयर्ता र शिष्टतालाई कमजोर ठानिएको दाबी गर्दै आफूहरुले उठाएको माग पुरा नभए संसद् चल्न नदिने स्प्ष्ट पारे । उनले आफूहरुको मागको बेवास्ता गरिए देशब्यापी आन्दोनल गर्ने चेतावनी पनि दिए ।
विश्वकर्माले पुस १ गतेनै सभामुखले दलित हत्याको विषयमा सरकारको धारणाको लागि रुलिङ गरे पनि सरकारले बेवास्ता गरेकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए । यद्यपि उनले संसदको आगामी बैठक अघिनै सरकारले आफूहरुको माग सम्बोधन गर्ने विश्वास पनि ब्यक्त गरे ।
माओवादी सभासद् पदमलाल विश्वकर्माले दलित हत्याको विषयमा गृहमन्त्री र प्रधानमन्त्रीले जानकारी दिनु पर्ने माग गर्दै तत्काल आफूहरुको माग पुरा नगरे बर्तमान सरकार दलित विरोधी सरकार प्रमाणित हुने चेतावनी दिए । उनले आफूहरुको माग पुरा नभएसम्म संसद चल्न नदिने र बाध्य पारिए देशब्यापी आन्दोलन गर्ने स्पष्ट पारे ।
कांग्रेसकी सभासद लक्ष्मि परियारले उनले दलित हत्या अन्तरिम संविधान, छुवाछुत मुक्त राष्ट्र घोषणा र छुवाछुत विरुद्धको ऐन विरोधी भएको भन्दै हत्याका आरोपीलाई सजाय, क्षतिपूर्ति र सहिद घोषणा नगेर आन्दोलन जारी राख्ने चेतावनी दिईन ।
कालिकोटको जुविधा ४ को एक होटलमा बिँडी सल्काउनेक्रममा अगेनो छोएको भन्दै स्थानीय मिनबहादुर शाही र दिपक शाहीले सुनारलाई कुटेर हत्या गरेका थिए ।

प्रकाशित : पुस ८, २०६८ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?